बैंकिङ प्रणालीमा ५१ अर्ब तरलता, बुधबार राष्ट्र बैंकले ५ अर्ब उठाउदै

<p>काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । दशैलगतै घटेर ४२ [&hellip;]</p>

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो ।

हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् ।
दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता तिहारअघि पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको थियो । तिहाललगतै बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको अधिकारीको भनाई छ ।
राष्ट्र बैंकले एक साताका लागि तरलता प्रशोचन गर्न लागेको हो । कात्तिक १५ गते परिपक्व हुने छ । तिहारअघि प्रशोचन गरेको ५ अर्ब रुपैयाँ बुधबार परिपक्व भएर पुनः बैकिङ प्रणालीमा जाने भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो ।
४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । यो समेत गरी केन्द्रीय बैंकले २१ अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ ।
बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।
गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।

 

Share News