काठमाडौं । भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद जारी गर्न आगामी कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २७९ रुपैयाँमा कारोबार भएको थियो ।