काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनी र छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यी दुबै कम्पनीको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले चिलिमेको १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७८८ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९१३ रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेप्सेले छिमेक लघुवित्तको पनि १९.९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १२३२ रुपैयाँ रहेको थियो ।