काठमाडौं । किसान माइक्रो फाइनान्सको हकप्रद सेयर भर्ने समय भोली अर्थात कात्तिक ७ गते समाप्त हुँदैछ । कम्पनीले भदौ ११ गतेअघिसम्म सेयर खरिद गरेका लगानी कर्ताले हकप्रद सेयर भर्न पाउने जनाएको छ । किसान माइक्रो फाइनान्सले एक सय रुपैंयाँ मुल्यका ७८ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो ।
सिभिल क्यापिटल, किसान माइक्रो फाइनान्सका सबै शाखा र सिभिल बैंकको बिराटनगर, बिरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्जका शाखाहरुबाट हकप्रद सेयर भर्न पाइन्छ ।