एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या, अनुसन्धानको लागि राष्ट्र बैंकले टोली खटायो

<p>काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन । स्रोतका अनुसार असोज ३१ गतेदेखि स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । कारोबारमा समस्या देखिएपछि एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । आइतबार [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन ।

स्रोतका अनुसार असोज ३१ गतेदेखि स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । कारोबारमा समस्या देखिएपछि एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ ।

आइतबार कार्यलय खुलेलगत्तै राष्ट्र बैंकले एक टोलीलाई एनआइसी एशिया बैंकको स्थलगत अध्ययन गर्न खटाएको छ ।

‘स्वीफ्ट कारोबारमा समस्या भएको र केही कारोबारमा गडबढी भएको भन्ने जानकारी आएकोले अध्ययन गर्न राष्ट्र बैंकबाट एक टोली गएको छ । वास्तविकता एकिन भएको छैन’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए ।

उक्त बैंकको कारोबारमा समस्या देखिएको बारेमा अनौपचारिक सूचना आएको तर बैंकबाट औपचारिक जानकारी केही नआएको प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ ।

केही समयअघि बंगलादेशमा स्वीफ्ट कारोबार ह्याक गरी ह्याकरले करोडौ डलर बेपत्ता बनाएको घट्ना स्मरण गर्दै बैंकहरु उच्च सर्तकतामा देखिएको स्रोतले बताएका छन् ।

Share News