काठमाडौं । तिहार पछि लगत्तै खुलेको पहिलो दिनको सेयर बजार हरियो भएको छ । तीन दिन पछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक सामान्य ३.५७ अंकले उकालो लागेर १५७१.९२ अंकमा पुगेको छ ।
सो दिन ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रो पावरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०६ रुपैयाँ रहेको छ ।
बजारमा सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य १३ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह,फाइनान्स र विकास बैंक समूहको पनि परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।