सोल्टी होटलले १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश दिने, बुक क्लोज कहिले ?

<p>काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले चुक्ता पुँजीको ६.०५ प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको ४३औँ वार्षिक साधारणसभा आगामी मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको [&hellip;]</p>

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले चुक्ता पुँजीको ६.०५ प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीको ४३औँ वार्षिक साधारणसभा आगामी मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर ४ गतेदेखि मंसिर २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

Share News