माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको ९ प्रतिशतका दरले ६६ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । बाेनस सेयर वितरणपछि बैंककाे चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने बैंकले जनाएकाे छ । साथै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ४४ करोड ३४ लाख रुपैयाँ नगद लभांश दिने भएको छ ।

Share News