नेप्सेमा ९ कम्पनीले बुझाए नविकरण शुल्क, अझै ३३ कम्पनीको बाँकी

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भई नियमित कारोबार गरिरहेका मध्ये ९ वटा कम्पनीले बुधबार वार्षिक नविकरण शुल्क बुझाएका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडलगायत ९ वटाले नविकरण शुल्क बुझाएका छन् । नियमित कारोबार गरिरहेका मध्ये ७ वटाले अझै बुझाउन बाँकी रहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । नविकरण [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भई नियमित कारोबार गरिरहेका मध्ये ९ वटा कम्पनीले बुधबार वार्षिक नविकरण शुल्क बुझाएका छन् ।

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडलगायत ९ वटाले नविकरण शुल्क बुझाएका छन् । नियमित कारोबार गरिरहेका मध्ये ७ वटाले अझै बुझाउन बाँकी रहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए ।

नविकरण शुल्क बुझाउने अन्तिम दिन मंगलबार नियमित कारोबार गर्ने १६ कम्पनीले नबुझाएका थिएनन् । शुल्क नबुझाएपछि बुधबारदेखि कारोबार रोक्का भएको छ । शुल्क बुझाउनेको मात्र कारोबार खुलेको छ ।

नेप्सेमा सुचिकृत मध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । कात्तिक १ गतेदेखि थप २३ वटा कम्पनीको सेयर कारोबार बन्द हुने भएको थियो । पुरानो समेत गरी अब ३३ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी छ ।

धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।

लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटबल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् ।

यी मध्ये क्यापिटल मर्चेन्ट, हिमालय फाइनान्स, विराट सुज, बुटबल धागो, हरिसिद्धी इँटा, ज्योति स्पिनिङ मिल्स, भृकुटी, नेपाल ट्रेडिङ र नेपाल वायर कम्पनी बन्द भइसकेका छन् ।

 

Share News