सेयर बजार ९ अंकले उकालो, सबै समूह हरिया

<p>काठमाडौं । बुधबारको सेयर बजार ९ दशमलब १७ अंकले उकालो लागेर १५६८ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ४३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ११ लाख ११ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार ९ दशमलब १७ अंकले उकालो लागेर १५६८ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ४३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ११ लाख ११ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएका ८ समूह:
बुधबार कारोबार भएका ८ वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः १४ र ११ अंकले वृद्धि भएका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् ।

सो दिन न्याङ्दी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ५.२२ र ५.०३ प्रतिशत बढेको छ । बुधबार बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।

Share News