पहिलो त्रैमाशमा सरकारले १ खर्ब ७८ अर्बको चेक काट्यो, पुँजीगत खर्च साढे १५ अर्ब मात्र

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म सरकारले कुल बजेटको १४ प्रतिशत मात्र खर्च गरेको छ । असोज ३१ गतेसम्म सरकारले १ खर्ब ७८ अर्ब ४४ करोड २४ लाख रुपैयाँको चेक काटेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ । कुल खर्च मध्ये १९.९१ प्रतिशत अर्थात [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म सरकारले कुल बजेटको १४ प्रतिशत मात्र खर्च गरेको छ । असोज ३१ गतेसम्म सरकारले १ खर्ब ७८ अर्ब ४४ करोड २४ लाख रुपैयाँको चेक काटेको छ ।

चालु आवमा सरकारले १२ खर्ब ७९ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ । कुल खर्च मध्ये १९.९१ प्रतिशत अर्थात १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ चालु खर्च भएको छ । ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएको छ ।

यस्तै पुँजीगत खर्च धेरै कम भएको छ । असोजसम्म ४.६४ प्रतिशत अर्थात १५ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । सरकारले चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ । यस्तै सापटी फिर्ता र लगानीतर्फ २ प्रतिशत अर्थात २ अर्ब ९१ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आवमा १ अर्ब ४० करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । आउदो कार्तिकसम्म कुल विनियोजन गरेको १२ खर्ब ७९ करोड रुपैयाँ मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । यो लक्ष्य पुरा गर्न सरकारले कात्तिकमा मात्र ९८ अर्ब रुपैयाँ बढी खर्च गर्नुपर्ने छ । एक महिनामा यो रकम खर्च हुने संभावना कम छ ।

मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने छ । दोस्रो चौमासमा सबैभन्दा बढी बजेट खर्च गर्नुपर्ने छ । तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । सरकारले साउन १ गतेदेखि बजेट खर्चको अख्तियारी दिए पनि पुँजीगत खर्चको अवस्थामा सुधार नभएको महालेखाको तथ्याँकले देखाउछ ।

 

Share News