सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर दिने, कहिले हुँदै छ बुक क्लोज ?

<p>काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि सो मात्राको बोनस सेयर वितरण गर्न लागेको हो । गत असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्राको बोनस दिने प्रस्ताव राखेको हो । सञ्चालक समितिको प्रस्तावलाई कम्पनीको [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि सो मात्राको बोनस सेयर वितरण गर्न लागेको हो ।

गत असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्राको बोनस दिने प्रस्ताव राखेको हो ।

सञ्चालक समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा कात्तिक ३० गते हुने भएको छ । साभामा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि आगामी कात्तिक १३ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको छ । त्यसैगरी, कात्तिक १२ गतेसम्म कारोबार गरेका सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् ।

त्यस्तै, सभामा संस्थागत सेयरधनी समूह ‘क’ को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने कुल तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब १५ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । मंगबलार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा करोबार भएको थियो ।

Share News