दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशत अनुदान लिन बोलायो सरकारले, ठुला किसानलाई राहत

<p>काठमाडौं । के तपाईको गाई वा भैसीको फार्म छ ? यदि त्यस्तो हो भने दुग्ध प्रसोधन मेसिन किन्न सरकारले तपाईलाई ५० प्रतिशत अनुदान लिन बोलाएको छ । तर तपाईको फार्ममा २० वटा भन्दा बढि गाई वा भैसी भने हुनुपर्नेछ । २० भन्दा बढि गाई भैसी पालेका व्यवसायीक किसानले अब दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । के तपाईको गाई वा भैसीको फार्म छ ? यदि त्यस्तो हो भने दुग्ध प्रसोधन मेसिन किन्न सरकारले तपाईलाई ५० प्रतिशत अनुदान लिन बोलाएको छ । तर तपाईको फार्ममा २० वटा भन्दा बढि गाई वा भैसी भने हुनुपर्नेछ ।

२० भन्दा बढि गाई भैसी पालेका व्यवसायीक किसानले अब दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशतसम्म अनुदान पाउनेछन् ।
सरकारी निकायमा दर्ता भएका व्यवसायीक गाईभैसी फार्म, कृषि सहकारी, दुग्ध उत्पादक सहकारीलाई मिल्किङ मेशिन खरिदमा ५० प्रतिशत अनुदान लिन बोलाएको हो ।

पशु उत्पादन निर्देशनालयले ७५ ओटै जिल्लामा रहेका दुग्ध उत्पादन गरिरहेका किसान समूह र संस्थाबाट अनुदान प्रस्ताव मागेको छ । निर्देशनालयले १ महिनाभित्र अनुदान प्रस्ताव पेश गर्न भनेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार व्यवसायीक रुपमा दुध उत्पादन गर्ने किसान र संस्थालाई अनुदान दिने नीतिगत व्यवस्था गरेको छ ।

प्रस्तावमा कृषि सहकारी, कमपनी र समितिको अनुमानित लागत सहितको कार्यक्रम सञ्चालनका लागि स्वीकृत अनुसुची २ बमोजिम जिल्ला पशुसेवा कार्यलयमा पेश गर्न भनेको छ । ५० प्रतिशत अनुदान लिने संस्थाले पशुबीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । प्रतिस्पर्धी दरमा तोकिएको गुणस्तर भएको उपकरण खरिदमा मात्र सरकारले अनुदान दिने भएको छ ।
दुध प्रशोधन गर्न मेशिन खरिद गर्न पुँजी नभएको गुनासको कृषि फार्मबाट आएपछि सरकारले यसमा अनुदान दिएको हो ।

यस्तै निर्देशनालयले नमुनाको रुपमा ५ स्थानमा मिल्किङ पार्लरको स्थापना र सञ्चालन गर्ने भएको छ । यसका लागि किसान फार्मबाट प्रस्ताव आब्हान समेत गरेको छ । ३५ दिनभित्र प्रस्तावे पेश गर्न निर्देशनालयले फार्महरुलाई भनेको छ ।

यसका लागि न्युनतम ५० उन्नतजातका दुहुना गाईभैंसी पालेको प्रमाणपत्र, पशुबीमाको प्रमाण पार्लर स्थापनाका लागि उचित स्थानको पुर्वाधारको डिजाइन ५० प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता जनाएको स्वघोषणापत्र र फार्ममा जैविक सुरक्षा सम्बन्धित नियम लागु भएको हुनुपर्ने कार्यलयले जनाएको छ ।

 

Share News