उत्पादन बढाउन थप पुँजी नभएपछि हिमालयन ब्रुअरी र त्रिशक्ति डिस्टीलरीको ४९ प्रतिशत स्वामित्व बिक्री हुदै

<p>काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो आधा स्वामित्व बिक्री गरेर नयाँ लगानीकर्ता भित्राई दुबै उद्योगको क्षमता बढाउन लागेको हो । दुबै कम्पनीलाई पुनसंरचना गरेर क्षमता विस्तार गर्न [&hellip;]</p>

काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो आधा स्वामित्व बिक्री गरेर नयाँ लगानीकर्ता भित्राई दुबै उद्योगको क्षमता बढाउन लागेको हो ।

दुबै कम्पनीलाई पुनसंरचना गरेर क्षमता विस्तार गर्न ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेको हिमालयन र त्रिशत्तिका अध्यक्ष अरविन जोशीले बताए । हिमालयनले आइसवर्ग, काठमाण्डु र कमाण्डो ब्राण्ड गरी ३ प्रकारको वियर उत्पादन तथा बिक्रीवितरण गर्दे आएको छ । यस्तै त्रिशत्तिले ३० युपीको एक्सिलेन्ट भोड्का, ४० युपीको मार्सल ह्विस्की र जिनलगायत ५० युपीका विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दे आएको छ । त्रिशक्तिले एक्सिलेन्ट भोड्का गत वर्ष बजारमा ल्याइएको हो ।

गत वर्ष दुई उद्योगले वीयर र ह्विस्कीलगायत अन्य ब्राण्डका १ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको जोशीले जानकारी दिए । उनका अनुसार ललितपुरको गोदावरीमा उद्योगको नाममा ६२ रोपनी जग्गा छ । जग्गा र दुबै उद्योगको सम्पत्ति र मदिराको ब्राण्ड मूल्य २ अर्ब रुपैयाँ निर्धारण गरिएको जोशीले जानकारी दिए ।

वीयर र ह्विस्की दुबैको बजारमा हिस्सा राम्रो रहेको बताउदै उनले भने “हामी अब आक्रमक रुपमा बजारमा उपस्थिति देखाउन चाहान्छौ । त्यसका लागि थप लगानी आवश्यक परेकाले ४९ प्रतिशतसम्म स्वामित्व बेच्न खोजेका हौं ।”

जोशीकाअनुसार गत वर्ष कमाण्डो वीयर ६ लाख केस बढी बिक्री भएको थियो । यो वर्ष पनि कम्पनीको वीयर र ह्विस्की र अन्य ब्राण्डका मदिराको बिक्रीवितरण राम्रो भएको उनको दावी छ । थप पुँजी भएपछि कम्पनीले क्षमता विस्तार गरेर उत्पादन बढाउने रणनीति लिएको छ ।
साझेदारमा चासो देखाउने पार्टीसंग छलफलपछि मात्र कम्पनीको स्वामित्व र लगानीका बारेमा निश्चित हुने जोशी बताउछन् । उद्योगको नाममा रहेको कुल ६२ रोपनी जग्गा मध्ये आधा जग्गा रिसोर्ट सञ्चालनमा प्रयोगमा ल्याउन सकिने उनले जानकारी दिए । रिसोर्ट सञ्चालनलगायत अन्य विभिन्न विषयमा खुला छलफल हुने उनको भनाई छ । हाल कम्पनीमा ६ जना लगानीकर्ता छन् । उनले आद्या जग्गा रिसोर्ट बनाउने तयार समेत भइरहेको जोशीले जानकारी दिए ।

बन्द भएको दुई उद्योग ७ वर्षअघि २५ करोड रुपैयाँ थप लगानी गरेर सञ्चालनमा ल्याइएको उनले बताए । नयाँ व्यवस्थापनले उद्योगको स्वामत्विको खरिदका अतिरित्त वियर र ह्विस्की उत्पादनका लागि नयाँ उपकरण जडानमा लगानी गरेको थियो । ७ वर्षअघि बन्द अवस्थामा रहेको उद्योग सञ्चालनमा ल्याएर राम्रो बजार हिस्सा बढाउदै लगेको उनको दावी छ ।

दुबै मदिरा उद्योग राजपरिवारका सदस्यको स्वामित्वमा रहेको थियो । तत्कालिन कुमार मोहनबहादुर शाहीको स्वामित्वमा रहेको थियो ।
हिमालयन सन् १९८० मा स्थापना भएको हो । एक समयमा आइवर्ग ब्राण्डको वियर बजारमा लोकप्रिय थियो । सन् १९८३ देखि वियर उत्पादन थालेको हिमालयनलले भारतको मोहन मेकन लिमिटेडको साझेदारी र प्राविधिक सुपरिवेक्षणमा वियर उत्पादन हुदै आएको थियो । सन २०१० देखि उद्योगको स्वामित्व जोशी समूहले खरिद गरेको हो ।

सुरुवातीमा उद्योगले आइसवर्गका अतिरित्त आइवर्ग प्रिमियर गोल्डेन इगल लागर वियर र आइसवर्ग लागर वियर गरी हिमालयले सन् १९८९ सम्म वार्षिक ४० हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । त्यसबेला नेपालमा वियरको माग वार्षिक ८० हजार हिक्टोलिटर थियो । उत्पादन थालेको वर्ष उद्योगले वार्षिक १५ हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । हाल उद्योगले १० वर्षे योजना ल्याई पुनरसंरचना गरेर मदिरा उत्पादन विस्तार गरी बजारमा सशक्त उपस्थिती देखाउने तयारी थालेको छ ।

Share News