
काठमाडौं । सरकार नछाडने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १७ जना माओवादी मन्त्रीलाई जिम्मेबारीबाट हटाएर विनाविभागीय बनाएका छन् ।
उनले मन्त्रालयको जिम्मेबार हेरफेर गरेका छन् । विनाविभागीय भएका मन्त्रीहरुमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, प्रभु शाह, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु विनाविभागीय भएका छन् । यस्तै मओवादीबाट नियुत्त राज्यमन्त्री पनि स्वत विनाविभागीय भएका हुन् ।
गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । यस्तै उपप्रधान तथा ऊर्जामन्त्रीमा कमल थापा नियुत्त भएका छन् । मंगलबार दिउसो तत्कालिन गृहमन्त्री शर्माले निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने जानकारी गराएका थिए ।
उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ ।