काठमाडौं । सिनर्जी फाइनान्सको आगामी कात्तिक १७ गतेको दिन बोलाइएको ९औँ वार्षिक साधारणसभा स्थगित भएको छ ।
यस कम्पनीलाई बेष्ट फाइनान्स कम्पनीले प्राप्ती गर्ने प्रारम्भिक सहमति भई सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिएकोले कात्तिक १७ गते गरिने सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
साथै, अर्को सूचना प्रकाशित नगरिएसम्मको लागि यस कम्पनीको साधारणसभा स्थगित गरिएको हो ।
