सेयर बजारमा उतारचढाव, नेप्से ५ अंकले ओर्लियो

<p>काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । सोमबार ४६ अंकले उकालो लागेको नेप्से मंगलबार फेरि ५ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.७२ अंकले झरेर १५५९ अंकमा अडेको छ । मंगलबारको बजारमा पनि तीव्र उतारचढाव आएको छ । बजार खुलेको करिब पौने घन्टामै नेप्से करिब १६ अंकले ओरालो लागेर १५५२ अंकमा झरेको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । सोमबार ४६ अंकले उकालो लागेको नेप्से मंगलबार फेरि ५ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.७२ अंकले झरेर १५५९ अंकमा अडेको छ ।

मंगलबारको बजारमा पनि तीव्र उतारचढाव आएको छ । बजार खुलेको करिब पौने घन्टामै नेप्से करिब १६ अंकले ओरालो लागेर १५५२ अंकमा झरेको थियो । फेरी करिब साढे १२ बजे बजार बढेर १५७३ अंकमा पुगेको थियो । त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेर बजार बन्द हुँदा १५५९ अंकमा अडेको छ ।

सोमबारको तुलनामा मंगलबारको सेयर कारोबारमा भने सामान्य वृद्धि भएको छ । मंगलबार १६२ कम्पनीको ६१ करोड २० हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । सोमबारको बजारमा भने ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । सो दिन हाइड्रो, ट्रेडिङ र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् बाँकी समूहको परिसूचक ओरालो लागेका छन् ।

सोही दिन हिमालयन डिष्टीलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् ।

Share News