माओवादीले भन्योः हामी सरकार नछाड्ने भयौ

<p>काठमाडौं । नेकपा माओवादी केन्द्र फेरी सरकार नछाड्ने भएको छ । “निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने भइयो” गृहमन्त्री जनार्दश शर्माले पत्रकार सम्मेलनमा भने “निर्वाचन सार्ने प्रपञ्च भएकाले आज छाड्ने भनेकोमा नछाड्ने भइयो ।” निर्वाचन आयोगबाट सूचना आएपछि सरकारबाट हट्ने विज्ञप्तिमा हस्ताक्षर हुँदै गर्दा स्थगित भएको उनले जानकारी दिए । “हामी सरकारमा बस्न लोभी छनौ” [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्र फेरी सरकार नछाड्ने भएको छ ।
“निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने भइयो” गृहमन्त्री जनार्दश शर्माले पत्रकार सम्मेलनमा भने “निर्वाचन सार्ने प्रपञ्च भएकाले आज छाड्ने भनेकोमा नछाड्ने भइयो ।”
निर्वाचन आयोगबाट सूचना आएपछि सरकारबाट हट्ने विज्ञप्तिमा हस्ताक्षर हुँदै गर्दा स्थगित भएको उनले जानकारी दिए । “हामी सरकारमा बस्न लोभी छनौ” उनले भने “केहिबेरमा वास्तविक कुरा थाहा हुन्छ ।”

उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट नहटे विनाविभागिय बनाउने चेतावनी दिएपछि अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट हट्ने मनस्थितिमा पुगेका थिए ।

Share News