ओरियन्टल होटलले १८ प्रतिशत बोनस दिने, कात्तिक ९ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गर्नु [&hellip;]</p>

काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

सञ्चालक समितिको बैठकलाई कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । कम्पनीको साधारण सभा आगामी कात्तिक २३ गते हुुने भएको छ । सो प्रयोजनको लागि कात्तिक ९ देखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १७ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको थियो ।

Share News