गरिब घटाउने दिवसः पेट भरि खान नपाउने नेपालीको संख्या २१.६ प्रतिशत

<p>काठमाडौं । आज संसारभर गरिबी निवारण दिवस मनाइँदैछ । गरिबी घटाउने उदेश्यले सन १९९३ अक्टोबर १७ तारिखदेखि गरिवी निवारण दिवस मनाउन थालिएको थियो । नेपालले पनि चौथो पटक गरिबी निवारण दिवस मनाउन लागेको हो । हाल नेपालमा २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको सरकारी तथ्यांक छ । निरपेक्ष गरिबीको रेखामुनी हुनु भनेको खान र [&hellip;]</p>

काठमाडौं । आज संसारभर गरिबी निवारण दिवस मनाइँदैछ । गरिबी घटाउने उदेश्यले सन १९९३ अक्टोबर १७ तारिखदेखि गरिवी निवारण दिवस मनाउन थालिएको थियो । नेपालले पनि चौथो पटक गरिबी निवारण दिवस मनाउन लागेको हो ।

हाल नेपालमा २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको सरकारी तथ्यांक छ । निरपेक्ष गरिबीको रेखामुनी हुनु भनेको खान र लाउन समेत नपाउने अवस्था हो । नेपालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि गरिबी निवारणको बिषेश कार्यक्रम अघि सार्न लागेको छ ।

मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने बताईन्छ ।

Share News