काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले पुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । आउदो कात्तिक २३ गते हुने २० औं वार्षिक साधारणसभामा पुँजी बढाउन एफपीओ निष्कासन अनुमतिका लागि प्रस्ताव लैजाने भएको छ ।
साधारणसभाबाट पारित भएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । ओरियन्टलले काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षमा गरेको नाफाबाट १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै कम्पनीमा संस्थापक सेयर हिस्सा ५५ र साधारण सेयरधनीको ४५ प्रतिशत हुने गरी लगानी संरचना तयार गरिने भएको छ ।
कम्पनीको चुक्तापुँजी हाल ७९ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ छ । कम्पनीको बजार पुँजीकरण ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।