एनआरएनएका अध्यक्षमा भवन भट्ट भारी मतले बिजयी

<p>काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा व्यवसायी भवन भट्ट विजयी भएका छन् ।  भट्ट भारी मतअन्तर सहित निर्वा्चित भएका हुन । मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाएका छन् । उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन । अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन। नवनिर्वाचित अध्यक्ष [&hellip;]</p>

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा व्यवसायी भवन भट्ट विजयी भएका छन् ।  भट्ट भारी मतअन्तर सहित निर्वा्चित भएका हुन ।

मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाएका छन् । उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन । अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन।

नवनिर्वाचित अध्यक्ष भटट्ले चुनावी हारजितलाई आफुले स्वभाविक रुपमा लिएको र अब संस्थालाई एकढिक्का बनाएर लैजाने बताए । भट्टले संघमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

निर्वाचनले आगामी २ वर्षका लागि एनआरएको अध्यक्षसहित ३८ पदमा नेतृत्व चयन गरेको हो । कुल १ हजार ८५४ मतदातामध्ये १ हजार ७८८ मतदानमा सहभागी भएका थिए । संघको २ खुला उपाध्यक्ष पदमा कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) क्रमशः १ हजार ३० र ६४४ मतसहित निर्वा्चित भए। खुला उपाध्यक्ष पदमा चिरञ्जीवी थापा (जापान), खगेन्द्र क्षेत्री (अमेरिका), रविना थापा (अमेरिका) तथा सोनाम लामा (अमेरिका) प्रतिस्पर्धी भएका थिए ।

महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया) विजयी भइन । महासचिवमा डा. बद्री केसी (रसिया) निर्वाचित भए । आगामी कार्यकालका लागि दुई सचिव पदमा डबरबहादुर क्षेत्री (ओमन) र जानकी गुरुङ (बेल्जियम) निर्वा्चित हुनुभएको छन् ।

अध्यक्ष भट्टले जापानमा रेष्टराँ व्यवसाय गरेका भटट्ले नेपालमा होटल, वायुसेवा, सञ्चार, मदिरा र शिक्षा क्षेत्रमा लगानी गरेका छन् । उनी टीबीआई ग्रुपका अध्यक्ष समेत हुन् ।

 

Share News