८८ सुन काण्डमा काँग्रेसका नेता मानबहादुर तामाङ पक्राउ

<p>काठमाडौं । ८८ किलो सुन काण्डको नाइकेमा नेपाल काँग्रसका नेता परेका छन् । अवैध रुपमा सुनको कारोबारीमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मानबहादुर तामाङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो । [&hellip;]</p>

काठमाडौं । ८८ किलो सुन काण्डको नाइकेमा नेपाल काँग्रसका नेता परेका छन् ।

अवैध रुपमा सुनको कारोबारीमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मानबहादुर तामाङ पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो । तामाङ नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन् ।

८८ किलो सुनको नेपालतर्फ पास गराउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले थप अनुसन्धान अघि बढाएको छ ।

Share News