काठमाडौं । लामो समय पछि नेप्से परिसूचक उच्च अंकले बढेको छ । ४६ अंकले बढेको सोमबारको बजारमा १६३ कम्पनीको सेयर कारोबार भएको थियो । सो मध्ये १५४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ९ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ ।
कमाउने १० उत्कृष्ट कम्पनी

सोमबार तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ ।
त्यसैगरी, बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशत र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सोमबार एनबी इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०१ रुपैयाँ रहेको छ ।
त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् ।
सोमबार गुमाउने ९ कम्पनी
बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।
