नेप्से ४६ अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

<p>काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन [&hellip;]</p>

काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन यस बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ ।

सोमबारको बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूहको परिसूचक २६४.७५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ७८, विकास बैंक ५७, हाइड्रोपावर ५२ र बैंकिङ समूह ४८ अंकले उकालो लागेका छन् । त्यसैगरी, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने ट्रेडिङ् समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ ।

Share News