काठमाडौं । नेपाली काँग्रेससँग एकतापछि विजयकुमार गच्छेदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय भएको छ ।

एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ ।
अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउने भएका छन् । लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ ।
पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा बलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ ।
आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन ।