माआवादी केन्द्रकाे सरकार नछाड्ने निर्णय, प्रधानमन्त्री माओवादी मन्त्री हटाउदै

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ ।  माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता नगर्ने निर्णय गरेको हो । नेकपा एमालेसंग चुनावी तालमेलदेखि पार्टी एकिकरण सम्मको तयारी प्रति रुष्ट प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट नियुत्त मन्त्रीलाई विनाविभागिय बनाउने संकेत गरेपछि माओवादी केन्द्रको बैठकले फिर्ता [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ ।  माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता नगर्ने निर्णय गरेको हो ।

नेकपा एमालेसंग चुनावी तालमेलदेखि पार्टी एकिकरण सम्मको तयारी प्रति रुष्ट प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट नियुत्त मन्त्रीलाई विनाविभागिय बनाउने संकेत गरेपछि माओवादी केन्द्रको बैठकले फिर्ता नहुने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दे माओवादीका तर्फबाट नियुत्त मन्त्रीलाई हटाउने संकेत गरेका थिए ।

बैठकले मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता विपरित भएको ठहर समेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न वालुवाटार पुगेर मन्त्रीपरिषद विस्तार रोक्न र पार्टीका मन्त्रीलाई सरकारबाट नहटाउन अनुरोध गरेका छन् ।

 

Share News