सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी ८ अर्ब नाघ्यो

<p>काठमाडौं । सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १३औं वार्षिक साधारणसभाले संचालक समितिको सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १३औं वार्षिक साधारणसभाले संचालक समितिको सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ ।

साथै, सोही दिन संस्थापन समूह (समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकमा विनयकुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामा निर्वाचित भएका छन् ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा १ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ । बैंकको कुल सम्पत्ति ६९ अर्ब ९५ करोड रुपैयाँ, कुलनिक्षेप ५७ अर्ब ७५ करोड रुपैयाँ, तथा कर्जा सापटी खुद ५१ अर्ब २६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले बृद्धि गरेको छ ।

Share News