काठमाडौं । कार्ल्सबर्ग गल्फको दोस्रो सिरिज शुरु भएको छ । देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिजको शुरुवात शनिबार भएको हो ।
३ वटा सिरिजको यस प्रतियोगितामा उदयमान गल्फरहरूबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघिका ३ वटा सिरिजमध्येको पहिलो सिरिज २३ वैशाखमा भएको थियो । बाँकी रहेको अन्तिम सिरिज केही महिनापछि हुनेछ । आफ्नो होम क्लबहरूको भ्यालिड ह्यान्डी क्याप भएका देशभरिका उदीयमान गल्फरहरूलाई पनि यस इभेन्टमा मौका दिएको छ ।
प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडीहरू र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीहरूले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्टपछि ग्रस र नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन्, त्यसलाई काल्र्सबर्ग गल्फ सिरिज ग्रस र नेट च्याम्पियन घोषित गरिनेछ ।
त्यसैगरी प्रत्येक अडिसनका नेट विजेता, नेट उपविजेता, ग्रस विजेता, ग्रस उपविजेता, महिलातर्फका विजेता, सिनियर विजेता, सिनियर उपविजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मोस्ट बर्डिजहरूलाई पुरस्कार वितरण गरिनेछ ।