सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने, पुँजी चार करोड ७६ लाख पुग्ने

<p>काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि एक प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि एक प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

उक्त प्रस्ताव असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी चार करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी चार करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

Share News