काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर पश्चात सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा एक बराबर एक(१ः१)को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ करोड ७ लाख रुपैयाँ हुने छ । बोनस पछि कायम भएको पुँजीमा शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २४ करोड १४ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।