छिमेक लघुवित्तको वार्षिक साधारण सभा कात्तिक २४ गते , ४५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको १६औं वार्षिक साधारण सभा आगामी कात्तिक २४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । सञ्चालक समितिको ४५ प्रतिशत लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट भने पारित भइसकेको छ । राष्ट्र बैंकबाट पारित भएको उक्त [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको १६औं वार्षिक साधारण सभा आगामी कात्तिक २४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

सञ्चालक समितिको ४५ प्रतिशत लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट भने पारित भइसकेको छ । राष्ट्र बैंकबाट पारित भएको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

यस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.११ प्रतिशत (बोनस सेयरको कर सहित) नगद लभांश र १९.८९ प्रतिशत बोनस सहित सो मात्राको लाभांश दिने भएको छ ।

Share News