काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) अध्यक्ष कमल थापासहित नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राप्रपाका अध्यक्ष थापा उपप्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । सरकारमा सहभागि थापासहित दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले पद तथा गोपनियताको शपथ लिएका छन् ।
गिरी, थापा र चन्दलाई विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको छ । यस्तै भाष्कर भद्र, कुन्ती शाह, सुशील कुमार श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । शनिबार नै ८ जना मन्त्री थपिएपछि वर्तमान मन्त्रिमण्डल इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको छ ।
यसअघि व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दे माओवादी केन्द्रबाट नियुत्त मन्त्रीलाई हटाउने संकेत गरेका छन् । माओवादी मन्त्रीलाई प्रतिस्थापन गर्न प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुत्त गरेका हुन् ।