
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रबाट नियुत्त मन्त्रीलाई हटाउने भएका छन् । व्यवस्थापिका संसदको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आउदो कात्तिक ७ गतेसम्म माओवादी मन्त्रीलाई वर्खास्त गर्ने संकेत गरेका छन् ।
संसदमा बोल्दै प्रधानमन्त्रीले मन्त्रीको संख्या घटन पनि सक्ने भन्दै माओवादीबाट नियुत्त मन्त्रिलाई हटाउने संकेत िदएका हुन् । शनिबार राती १२ बजेपछि संसद विघटन हुदैछ ।प्रधानमन्त्री देउवाले राजिनामा नगरे माओवादीबाट नियुत्त मन्त्रीलाई जिम्मेबारीबाट मुक्त गरी विनाविभागीय बनाउने तयारी गरेका छन् ।
माओवादीबाट नियत्त मन्त्री हटाउन प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ७ जना मन्त्री नियुत्त गरेका छन् । उनले माओवादी मन्त्रीलाई हटाउन ल्याएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख निर्वाचन आयुत्त डा्. अयोधिप्रसाद यादवले मन्त्रीमण्डल विस्तार गर्न सकरात्मक भएका छन् ।
मन्त्रीमण्डल विस्तारमा सहमति पाएपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारी र प्रमुख निर्वाचन आयुत्त यादवको प्रशंसा समेत गरेका छन् । सत्ता साझेदार गठवन्धन माओवादी केन्द्रले नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि रुष्ट बनेका प्रधानमन्त्री देउवाले माओवादीबाट नियुत्त भएका मन्त्रीलाई हटाउन लागेका हुन् ।