राष्ट्रपतिले एनआरएनलाई भनिन् : नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्यो, अब लगानी गर्नुस

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिदै लगानी गर्न गैरआवासिय नेपालीलाई आग्रह गरेकीछिन् ।  गैरआवासिय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलनलाई शनिबार राजधानीमा सम्बोधन गर्दे तीन तहको निर्वाचनपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेश गर्ने भएकाले लगानीको वातावरण बन्ने बताइन् । नेपालको सबैभन्दा नजिकको साझेदार गैरआवासिय नेपाली भएको बताउदै उनले [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिदै लगानी गर्न गैरआवासिय नेपालीलाई आग्रह गरेकीछिन् ।  गैरआवासिय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलनलाई शनिबार राजधानीमा सम्बोधन गर्दे तीन तहको निर्वाचनपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेश गर्ने भएकाले लगानीको वातावरण बन्ने बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलनको शनिबार काठमाडौँमा उद्घाटनगर्दे    । तस्बिर : प्रदीपराज वन्त, रासस

नेपालको सबैभन्दा नजिकको साझेदार गैरआवासिय नेपाली भएको बताउदै उनले देशको विकासमा गैरआवासिय नेपालीको भुमिका महत्वपुर्ण हुने उल्लेख गरिन् । उनले नेपालको जलविद्युत, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा लगानीको ठुलो संभावना भएको बताइन् । नेपालको प्रतिष्ठा उच्च बनाउने गैरआवासिय नेपालीको ठुलो भुमिका रहेको बताउदै उनले एनआरएनको प्रशंसा समेत गरिन् ।
सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गैरआवासिय नेपालीको पुँजी, प्रविधि, ज्ञान र सीप नेपालमा आवश्यक भएको बताए । नेपालमा एक दशक लामो संक्रमणकालको अन्त्य हुने बताउदै उनले गैरआवासिय नेपालीको लगानी आवश्यक भएको बताए । उनले भूकम्पलगायत अन्य प्राकृतिक विनास र विपत्तिको अवस्थामा गैरआवासियले गरेको योगदानको उनले प्रसंशा गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले १४ वर्षको अवधिमा गैरआवासिय नेपालीले विभिन्न क्षेत्रमा ३० अर्ब रुपैयाँ बढी लगानी गरेको ८ हजारलाई रोजगारी दिएको जानकारी दिइन् । पछिल्लो समयमा लोडसेडिङ हटेपछि नेपालको उत्पादन क्षमता बढेको र लागत पनि सस्तो भएको बताउदै उनले लगानी गर्न गैरआवासियलाई आग्रह गरिन ।

पछिल्ला वर्षमा विश्व अर्थतन्त्र पश्चिमबाट पुर्वतर्फ सरको भन्दै उनले यसबाट नेपाल जस्ता उदयीमान मुलकले अझै प्रगति गर्ने भएकाले गैरआवासियलाई ठुला अवसर भएको बताइन् । राणाले गैरआवासिय नेपालीसंग महासंघ अझ सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी गराइन् ।

सो अवसरमा एनआरएनका अध्यक्ष शेष घलेले अब मुलुकमा लगानी ल्याउन पहल गरिने प्रतिवद्धा व्यक्त गरे । उनले एनआरएनको समृद्धिको चाहाना हावादारी नभएको टिप्पणी गर्दे जहिले पनि आर्थिक समृद्धि चाहेको जिकिर गरे । मुलुकमा संकट आइपर्दा एनआरएनले ठुलो सहयोग गर्दे आएको बताए । उनले भूकम्प जादा होस वा तराइमा बाढी र डुवानले क्षति गर्दा होस एनआरएन खाद्यन, लत्ताकपडा र औषधी लिएर उद्धारमा खटिएको स्मरण गराए ।
सो अवसरमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचनले एनआरएनले मुलुकमा समृद्धि चाहेको बताए ।

 

Share News