पाँच बर्षभित्रै ४७ अर्ब खर्चेर तराई/मधेशमा १७९२ किलोमिटर पक्की सडक

<p>काठमाडौं । आगामी पाँच बर्षमा तराई मधेशमा १७९२ किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । हुलाकी राजमार्ग आयोजनाले पाँच बर्षमा ४७ अर्ब २४ करोड लागतमा १७ सय ९२ किलोमिटर सडक निर्माण गर्न लागेको हो । सो सडकको ९७५ किलोमिटर पुर्व पश्चिम मुल राजमार्गका रुपमा रहनेछ भने ८१७ किलोमिटर सडक महेन्द्र राजमार्गबाट हुलाकी राजमार्ग हुँदै [&hellip;]</p>

काठमाडौं । आगामी पाँच बर्षमा तराई मधेशमा १७९२ किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । हुलाकी राजमार्ग आयोजनाले पाँच बर्षमा ४७ अर्ब २४ करोड लागतमा १७ सय ९२ किलोमिटर सडक निर्माण गर्न लागेको हो । सो सडकको ९७५ किलोमिटर पुर्व पश्चिम मुल राजमार्गका रुपमा रहनेछ भने ८१७ किलोमिटर सडक महेन्द्र राजमार्गबाट हुलाकी राजमार्ग हुँदै भारतीय सिमासम्म जोडिनेछ र यी सडक सबै दुई लेनका हुनेछन् । सुरुमा सिंगल लेनमा निर्माण गर्ने भनिएका यी सडक संसदको विकास समितिको निर्देशनपछि दुई लेनमा निर्माण सुरु गरिएको थियो ।

हुलाकी राजमार्ग आयोजनाका प्रमुख श्याम खरेलका अनुसार हुलाकी राजमार्गमा आर्थिक बर्ष २०७३।७४ सम्ममा १० अर्ब ८७ करोड रुपैंयाँ खर्च भैसकेको छ ।
हुलाकी राजमार्गमा निर्माण हुने १४९ पुलमध्ये ६० वटा निर्माण भैसकेका छन भने ५१ वटा निर्माणाधिन अवस्थामा छन् । त्यस्तै, १८ वटा पुलको चालु आर्थिक बर्षभित्रै ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ । सडक अन्तर्गत अब ६६२ किलोमिटरको मात्रै ठेक्का लगाउन बाँकी छ ।

सन २०१० मा ६०५ किलोमिटर सडक भारत सरकारले निर्माण गरिदिने भन्दै ठेक्का समेत लागेको थियो तर ६७ किलोमिटर सडक मात्रै बनेपछि सो ठेक्का तोडिएको थियो । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब रकम दिएको छ । सो रकम वापत २९९.३ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ ।

हुलाकी सडक आयोजनाका पुर्व प्रमुख बलराम मिश्रले पाँच बर्षभित्र हुलाकी सडकको निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाएका थिए । तराई मधेशको लाइफ लाइनका रुपमा हेरिएको आयोजनाले सो क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।

Share News