काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.४७ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।