काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लभांश दिने घोषणा गरेको हो ।
असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी १७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७० रुपैयाँ रहेको छ ।