किसान माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने, पुँजी ५ करोड रुपैयाँ नाघ्ने

<p>काठमाडौं । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति [&hellip;]</p>

काठमाडौं । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ५ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३० रुपैयाँ रहेको छ ।

Share News