विद्युत् प्राधिकरणले भन्योः तिहारमा पनि लोडसेडिङ हुदैन

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आउदो तिहारमा लोडसेडिङ नहुने जानकारी दिएको छ । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा यसपाली पनि लोडसेडिङ हुन नदिन प्राधिकरण माग व्यवस्थापनको आन्तरिक काममा जुटेको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आउदो तिहारमा लोडसेडिङ नहुने जानकारी दिएको छ । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा यसपाली पनि लोडसेडिङ हुन नदिन प्राधिकरण माग व्यवस्थापनको आन्तरिक काममा जुटेको छ ।

भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।

आउदो तिहारमा सकेसम्म लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । आउदो बिहीबार लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावट पुग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात गरिने श्रेष्ठले जानकारी दिए । हाल भारतबाट ३४५ मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । यो वर्ष भारतबाट साढे ४ सय मेगावाट बिजुली आयात गर्ने तयारी प्राधिकरणको छ ।

साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेपछि ४० देखि ५० मेगावाट जति बिजुली आपूर्ति अपुग हुने उनले जानकारी दिए । “काठमाडौं उपत्यकालगायत प्रमुख शहरमा लोडसेडिङ हुदैन” उनले भने “प्रसारणलाइन समस्याले गर्दा केही स्थानमा हुन सक्छ । सकेसम्म हामी लोडसेडिङ गर्दैनौ ।”

गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडाैं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएकाे थियाे ।

यो वर्ष १ सय मेगावाट बिजुली माग थप हुने प्राधिकरणको प्रक्षेपण छ । हाल १ हजार ५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग १ हजार ३५० मेगावाट रहेको उनले बताए । प्रणालीमा ३ सय मेगावाट बिजुली आपूर्ति कम भएपनि प्राधिकरणले लोडसेडिङ गरेको छैन् ।

कलेखानी भरीन अझै साढे ८ मिटर बाँकी

मुलुकको एकमात्र जलासययुक्त आयोजना कुलेखानीको जलासय १ हजार ५२१.६ मिटर भरिएको छ । यो वर्ष जलासय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो ।

हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने उनले जानकारी दिए । कुलेखानी पहिलो र दोस्रो गरी ९२ हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ ।

Share News