काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिर्वतन गरेको छ । कम्पनीले शुक्रबार नयाँ सूचना सार्वजनिक गर्दै कम्पनीको बुक क्लोजको मिति परिर्वतन भएको जानकारी दिएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ सूचना अनुसार कम्पनीको कात्तिक ६ गतेदेखि कात्तिक २४ गतेसम्म बुक क्लोज हुनेछ ।
यसअघि कम्पनीले जम्मा एक दिनको समय राखेर बुक क्लोजको सूचना सार्वजनिक गरेको थियो । तर कानुनी प्रावधान अनुसार जुनसुकै कम्पनीको बुक क्लोजको सूचना एक साता अघि नै दिनुपर्ने छ । यस कम्पनीले कानुन विपरित बुक क्लोजको सूचना सार्वजनिक गरेको भन्दै लगानीकर्ताले विरोध गरेपछि बुक क्लोजको मिति परिर्वतन गरिएको हो ।
यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ ।
नयाँ सूचना
