काठमाडौं । निर्माण व्यसायी शरदकुमार गौचनको हत्यारा पत्ता नलागेसम्म सरकारी बोलपत्रमा भाग नलिन नेपाल निर्माण व्यवासायी महासंघले सदस्य प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
निर्देशन अवज्ञा गरी बोलपत्रमा भाग लिए कार्वाही गर्ने महासंघले सदस्य प्रतिष्ठानलाई चेतावनी समेत दिएको छ । गौचनको हत्यारा पत्ता लगाइ कडा कार्वाही गर्न महासंघले सरकारसंग माग गरेको छ ।
महासंघले व्यवसायी गौचनलाई सहिद घोषणा गर्न समेत माग गरेको छ । गत सोमबार महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्नं सकेको छैन् ।