काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबार ताप्लेजुङ्गको, फुङ्लिङ्गमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । संयुक्त राष्ट्रसंघ पुँजीविकास कोष(यूएनसीडीएफ) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहुँच (एटूएफ)” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यो शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा सञ्जाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ ए टि एम, २५०० भन्दाधेरै रेमिटेन्स् तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।