कालिगण्डकी करिडोरमा प्रसारणलाइन बनाउने जिम्मा भारतको टाटाले पायो

<p>काठमाडौं । कालिगण्डकी करिडोरमा प्रसारणलाइन निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्टस लिमिटेडले पाएको छ । टाटाको प्रस्ताव सारभूत रुपमा प्रवाग्राही र न्युनतम अंक कबोल गरेपछि पाएको हो । उसले २२० केभी प्रसारणलाइन निर्माणका लागि ६२ लाख ४० हजार अमेरिकी डलर र ४० करोड ६९ लाख रुपैयाँमा ठेक्का पाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । टाटाले प्रसारणलाइनको [&hellip;]</p>


काठमाडौं । कालिगण्डकी करिडोरमा प्रसारणलाइन निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्टस लिमिटेडले पाएको छ ।

टाटाको प्रस्ताव सारभूत रुपमा प्रवाग्राही र न्युनतम अंक कबोल गरेपछि पाएको हो । उसले २२० केभी प्रसारणलाइन निर्माणका लागि ६२ लाख ४० हजार अमेरिकी डलर र ४० करोड ६९ लाख रुपैयाँमा ठेक्का पाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टाटाले प्रसारणलाइनको डिजाइन, निर्माण, आपूर्ति र जडान गर्ने छ ।

Share News