पाकिस्तानले नेपालका बाढीपीडितका लागि करिब १० करोड रुपैयाँ सहयोग गर्ने

<p>काठमाडौं । पाकिस्तानले नेपालमा भर्खरै गएको बाढीबाट पीडितको पुनरावास तथा पुननिर्माणका लागि १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) रकम सहयोग गर्ने भएको छ । अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्रसंघको सम्मेलनमा बाढीपीडितप्रति दुख व्यक्त गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीले  सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पाकिस्तानले हरेक विपत्तीमा नेपालका लागि असल मित्रको रुपमा [&hellip;]</p>

काठमाडौं । पाकिस्तानले नेपालमा भर्खरै गएको बाढीबाट पीडितको पुनरावास तथा पुननिर्माणका लागि १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) रकम सहयोग गर्ने भएको छ ।

अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्रसंघको सम्मेलनमा बाढीपीडितप्रति दुख व्यक्त गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीले  सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पाकिस्तानले हरेक विपत्तीमा नेपालका लागि असल मित्रको रुपमा खडा रहने अब्बासीले बताएका छन् ।

यसअघि पाकिस्तानका विदेशमन्त्रीले पाकिस्तानी राजदुतावासमार्फत विदेशमन्त्री कृष्ण बहादुर महरालाई आफ्नो समवेदना प्रकट गरेका थिए ।

Share News