काठमाडौं । इटालियन प्रविधीबाट बनेको मिलानो ब्राण्डका फुटवेयर नेपाली बजारमा सार्वजनीक भएकाे छ । जुत्ता उत्पादक कम्पनी एक्सन पोलिमर प्रालिले नेपाली बजारमा मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको हो ।साे कम्पनी ३० कराेड्काे लगानीमा भैरहवामा स्थापना भएकाे हाे ।

नेपालमा इटालियन प्रविधिबाट फुटवेयर उत्पादन गर्ने एक्सन पोलिमर पहिलो कम्पनी हो । स्लीपर तथा स्याण्डलहरुका लागि परिचित मिलानो ब्राण्डका फुटवेयरहरु बच्चादेखि बुढासम्मलाई आकर्षित गर्नेछ ।
एक्सन पोलिमरका अध्यक्ष राजेश अग्रवालले भने, ‘नेपाली खुट्टामा उपयुक्त हुने किसीमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । मिलानो ब्राण्डका फटवेयर हरेक उमेरको समुहका ग्राहकका लागि उपयुक्त छ ।’
फुटवेयर उद्योगहरु रोजगार सिर्जना गर्ने प्रमुख औद्योगिक क्षेत्र मध्ये एक भएको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप अग्रवालले दाबी गरेका छन् । फुटवेयरको आयातलाई बिस्थापन गर्दै निर्यातलाई प्राेत्साहन गर्नु मुख्य उद्येश्य रहेको उनले बताए ।
मिलानोका फुटवेयरहरु ३ सय ५० देखि ६ सय रुपैयाँसम्मका मूल्यहरुमा उपलब्ध छन् । यो ब्राण्डको फुटवेयर हलुका, स्वास्थ्यलाई लाभदायक, प्रतिस्पर्धात्मक मुल्य आरमदायक, फेशनेबल, टिकाउपना, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
उक्त ब्रण्डको कम्पनीले ३ सय जना मानिसलाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । साथै, आगामी दिनमा १ हजार जना मानिसलाई रोजगारी दिने लक्ष कम्पनीको रहेको छ ।