सेयर बजारमा ४० करोडको कारोबार, सबैभन्दा बढी चिलिमे हाइड्रोको

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको  कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको  कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हालै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार कम्पनीको सेयर कारोबारमा वृद्धि भएको बुझिन्छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक र नेपाल बैंकको पनि एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४ अंकले बढेर १५१० अंकमा पुगेको छ ।

बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ कम्पनीको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा अन्य समूहको परिसूचक ३० अंकले उकालो लागेको छ । त्यस्तै, बीमा समूहको परिसूचक २१ अंकले ओरालो लागेको छ ।

Share News