काठमाडौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त भएको छ ।
मञ्जुश्री फाइनान्सले रु.१०० अंकित दरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले साविक सर्वसाधारण सेयरधनीहरुलाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।