गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखाबाट कारोबार शुरु

<p>काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एएसबिए, एटिएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले आ.व. २०७३/७४ [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् ।

बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एएसबिए, एटिएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ, कर्जा तर्फ १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

 

Share News