आँखुखोला जलविद्युतको ८ करोडको आईपीओ आउँदै, पुससम्ममा निष्कासन गर्ने

<p>काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आउदो २ महिनाभित्र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ पुससम्म निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउन बाँकी रहेकाले ढिलोमा पुससम्म आईपीओ निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आउदो २ महिनाभित्र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ पुससम्म निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउन बाँकी रहेकाले ढिलोमा पुससम्म आईपीओ निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरुले बताए । बोर्डले तिहार लगतै स्वीकृति दिने उनले जानकारी दिए ।

धितोपत्र बोर्डको आउँदो बोर्ड बैठकमा आँखुखोलालाई आईपीओ निष्कासन गर्न दिने प्रस्तावलाई स्वीकृति गर्ने जानकारी पाएको उनले बताए । कम्पनीले ०७३ भदौमा आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

१० प्रतिशत आईपीओ निष्कासन भएपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ आउने उनले जानकारी दिए । यो वर्षभित्र आईपीओ निष्कासन सक्ने योजना कम्पनीको छ । कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ ।

कम्पनीले धादिङमा ८.४ मेगावाट क्षमताको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । आयोजना ०७० भदौदेखि सञ्चालनमा आएको हो । आयोजनाबाट वार्षिक ४ करोड ६४ लाख युनिट बिजुली उत्पादन हुन्छ ।

 

Share News